आज संसदीय समितिको बैठक बस्दै, गृहमन्त्री लामिछाने पनि उपस्थित हुने

आज संसदीय समितिको बैठक बस्दै, गृहमन्त्री लामिछाने पनि उपस्थित हुने

काठमाडौं एक्सप्रेस

काठमाडौं, – प्रतिनिधि सभाको राज्य व्यवस्था तथा सुशासन समितिको आज बैठक बस्दैछ । आजको बैठकमा उपप्रधान एवम गृहमन्त्री रवि लामिछाने पनि उपस्थित हुने भएका छन् ।

समितिले गृह मन्त्रालयको काम कारबाहीका विषयमा छलफल गर्न गृह सचिव एकनारायण अर्याल, प्रहरी महानिरीक्षक (आईजीपी) बसन्तबहादुर कुवँरलाई बोलाएकोमा पदेन सदस्यको हैसितमा लामिछाने पनि उपस्थित हुन लागेका हुन् ।

समितिले आज बिहान ११ बजे बैठकमा उपप्रधानमन्त्री लामिछाने पनि उपस्थित हुने जानकारी समितिलाई गराइएको समितिका सचिव सुरजकुमार दुराले जानकारी दिए ।

उनका अनुसार सिंहदरबारस्थित समितिको सभाकक्षमा बस्ने बैठकमा गृह मन्त्रालयसँग सम्बन्धित समसामयिक विषयमा छलफल गर्ने कार्यसूची छ । उपप्रधान एवम गृहमन्त्री लामिछाने यसअघि यसै समितिको सदस्य रहेका थिए । उपप्रधान एवम गृहमन्त्रीको जिम्मेवारीमा गइसकेपछि स्वत पदेन सदस्य भएका हुन् ।

Logo