प्रकृति संरक्षण कोष कर्मचारी युनियनको अध्यक्षमा सुवेदी, महासचिवमा प्रसाईं

प्रकृति संरक्षण कोष कर्मचारी युनियनको अध्यक्षमा सुवेदी, महासचिवमा प्रसाईं

काठमाडौं एक्सप्रेस

राष्ट्रिय प्रकृति संरक्षण कोष कर्मचारी युनियनको अध्यक्षमा आनन्द सुवेदी सर्वसम्मत चयन भएका छन् । जावलाखेलमा भएको युनियनको दोस्रो भेलाले सुवेदीको नेतृत्वमा २१ सदस्सीय कार्यसमिति चयन गरेको हो । सुवेदी एमाले निकट कर्मचारी संगठनमा आबद्ध छन् । महासचिवमा अनिल प्रसाईं सर्वसम्मत भए । उनी माओवादी निकट हुन् ।

उपाध्यक्षद्वयमा विजय लक्ष्मी गुरूङ र रामशरण भट्ट, उपमहासचिवद्वयमा बाबुलाल तिरूवा र रामजी थापा, सचिवमा भेषबहादुर गुरूङ र कोषाध्यक्षमा उमाकान्त सापकोटा सर्वसम्मत चयन भएका राष्ट्रिय प्रकृति संरक्षण कोष कर्मचारी युनियनका नेता ज्ञानेन्द्र विक्रम शाहले जानकारी दिए ।

यस्तै, सदस्यहरूमा अम्बिका तिमिल्सिना, नरेन्द्रराज हमाल, सुरत बम मल्ल, कैलाश तिवारी, वृजबहादुर गरूङ, विष्णु सिंह ठकुरी, जस्मिन रिमाल, कञ्चन पौडेल, कमल जोशी, कवि राज भट्ट, दिनेश कर्माचार्य, राजकुमार बस्नेत र बद्री कुमार खड्का सर्वसम्मत चयन भए ।

जावलाखेलमा सम्पन्‍न भएको अधिवेशनले समिति चयन गरेको हो । यसअघि युनियनमा सत्यनारायण साहको नेतृत्वमा तदर्थ समिति गठन भएको थियो । त्यसैलाई पहिलो साधरणसभा आधार मानेर दोस्रो अधिवेशन गरिएको युनियनका नेता ज्ञानेन्द्र शाहले बताए । दोस्रो अधिवेशनको अध्यक्षता सत्यनारायण साहले गरेका थिए । उनले पदबाट राजीनामा दिएपछि उनको तदर्थ समितिका महासचिव राधाकृष्ण घर्तीले संयोजकको भूमिका निर्वाह गरेका थिए ।

कोषका विभिन्न क्षेत्रमा रहेका फिल्ड कार्यालयबाट आएका कर्मचारीहरूको प्रतिनिधित्वमा समिति गठन गरिएको ज्ञानेन्द्रले बताए । नव गठित समितिमा एमाले र माओवादी निकटका कर्मचारीहरूको बाहुल्यता छ ।

साधरणसभामा कोषका सदस्य सचिव शरदचन्द्र अधिकारी, निर्देशकद्वय डा नरेश सुवेदी र डा चिरनजिवी प्रसाद पोखरेललगायत विभिन्न कर्मचारी संगठनका प्रतिनिधिहरूले मन्तव्य राखेको निर्वतमान अध्यक्ष सत्यनारायण साहले बताए । युनियनले कर्मचारीको हकहित र समस्याहरूको बारेमा व्यवस्थापनसँग समन्वय गर्ने बताइएको छ ।

Logo