इलाम–२ को उपनिर्वाचनका लागि उम्मेदवार घोषणा गर्दै रास्वपा

इलाम–२ को उपनिर्वाचनका लागि उम्मेदवार घोषणा गर्दै रास्वपा

काठमाडौं एक्सप्रेस

काठमाडौँ, – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले शनिबार इलाम–२ को उपनिर्वाचनका लागि औपचारिक उम्मेदवार घोषणा गर्दैछ । रास्वपाले दलबलसहित शनिबार दिउँसो १ बजे इलाम नगरपालिका– ७ लाँकुरी चौताराको चोक बजारमा उम्मेदवारी घोषणा गर्न लागेको हो ।

रास्वपाले बिहीबार मात्रै इलाम–२ मा मिलन लिम्बुलाई उम्मेदवार बनाउने निर्णय गरेको थियो ।

उम्मेदवारी घोषणा सभालाई सभापति रवि लामिछाने र उपसभापति डा.स्वर्णिम वाग्ले, संसदीय दलका उपनेता विराजभक्त श्रेष्ठ, सह महामन्त्री कवीन्द्र बुर्लाकोटी, सह–प्रवक्ता रमेश प्रसाई, केन्द्रीय सदस्य तोसिमा कार्कीलगायतका नेताले सम्बोधन गर्ने छन् ।

आगामी वैशाख १५ मा हुने उपनिर्वाचनका लागि चैत २४ मा उम्मेदवारी दर्ताको कार्यतालिका छ ।

Logo