आज तीनवटा संसदीय समितिको बैठक बस्दै

आज तीनवटा संसदीय समितिको बैठक बस्दै

काठमाडौं एक्सप्रेस

काठमाडौं, – आज तीनवटा संसदीय समितिको बैठक डाकिएको छ । बिहान बस्ने अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको बैठकमा नेपाल वायुसेवा निगमबाट हालसम्म भएका कामकारबाहीका सम्बन्धमा छलफल हुनेछ ।

त्यस्तै बिहान ११ बजे बोलाइएको संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको बैठकमा शिक्षासम्बन्धी विषयमा मन्त्रालयबाट भएका काम कारबाही, समस्या र भावी कार्ययोजना तथा समितिसँगको अपेक्षाबारे छलफलको एजेण्डा राखिएको छ ।

साढे १० बजे बोलाइएको संसदीय सुनुवाइ समितिमा प्रस्तावित महालेखा परीक्षक तोयम रायाको सुनुवाइ प्रक्रिया सुरू हुने कार्यसूची छ ।

Logo