सरकारी कर्मचारीलाई पन्छाएर प्रशिक्षार्थी कर्मचारी नियुक्ति गर्न खोजेकोबारे शिक्षामन्त्रीसँग जवाफ माग

सरकारी कर्मचारीलाई पन्छाएर प्रशिक्षार्थी कर्मचारी नियुक्ति गर्न खोजेकोबारे शिक्षामन्त्रीसँग जवाफ माग

काठमाडौं एक्सप्रेस

काठमाडौं, – नेपाली कांग्रेसका सांसद प्रदीप पौडेलले शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सुमना श्रेष्ठले सरकारी कर्मचारीलाई पन्छाएर प्रशिक्षार्थी कर्मचारी नियुक्ति गर्न खोजेको विषयबारे जवाफ माग गरेका छन् ।

सोमबार प्रतिनिधि सभाको विशेष समयमा बोल्दै उनले भने, ‘सरकारी कर्मचारीलाई पन्छाएर नयाँ नियुक्ति गरेर नयाँ जिम्मेवारी दिने कोसिस गरिएको खबर आइरहेको छ । यी तमाम् विषय संसद्लाई जानकारी गराइनुपर्छ ।’

हालै शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले प्रशिक्षार्थी कर्मचारी परिचालन गर्न नयाँ कार्यविधि ल्याएको छ । उक्त कार्यविधिका सन्दर्भमा कांग्रेस सांसद पौडेलले जवाफ माग गरेका हुन् ।

Logo