नाउपाको विवाद थप चर्कियो, रेशमले बोलाएको बैठक रञ्जिताले गरिन बहिस्कार

नाउपाको विवाद थप चर्कियो, रेशमले बोलाएको बैठक रञ्जिताले गरिन बहिस्कार

काठमाडौं एक्सप्रेस

काठमाडौं, – नागरिक उन्मुक्ति पार्टी (नाउपा)को विवाद थप चर्किएको छ । अध्यक्ष रञ्जिता श्रेष्ठ चौधरीले रेशम चौधरी पक्षले बोलाएको बैठक आधिकारिक नभएको सूचना निकालेकी छन् ।

टीकापुर महाधिवेशन (जसलाई निर्वाचन आयोगले मान्यता दिएन) बाट महासचिव बनेका गंगाराम चौधरीले सोमबार सूचना निकालेर २३ र २४ चैतमा बैठक आह्वान गरेका छन् । उनले पार्टीको महत्वपूर्ण विषयमा छलफल गर्नुपर्ने भएकाले सक्कल नागरिकता र मतदाता परिचयपत्र लिएर आउन भनेका थिए ।

तर मंगलबार रञ्जिता (जसलाई निर्वाचन आयोगले वैधानिकता दिएको छ) ले मंगलबार त्यो बैठक आधिकारिक नभएको बताएकी छन् ।

केन्द्रीय सदस्य तथा पदाधिकारीलाई सम्बोधन गर्दै उनले निकालेको सूचनामा २३ र २४ गते बोलाएको बैठक आधिकारिक नभएको उल्लेख गरेकी छन् ।

Logo