अहिलेको संविधान र संवैधानिक व्यवस्था समाजवादको बाधक छ : उपेन्द्र यादव

अहिलेको संविधान र संवैधानिक व्यवस्था समाजवादको बाधक छ : उपेन्द्र यादव

काठमाडौं एक्सप्रेस

काठमाडौं, – जनता समाजवादी पार्टी, नेपालका अध्यक्ष एवं उपप्रधान एवं स्वास्थ्य तथा जनसंख्यामन्त्री उपेन्द्र यादवले अहिलेको संविधान र संवैधानिक व्यवस्था समाजवादको बाधक रहेको बताएका छन्।

मंगलबार काठमाडौं समाजवादी मोर्चाले आयोजना गरेको अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । ‘अहिलेको संविधान समाजवादउन्मुख लेखिएको भएपनि संविधान र संवैधानिक व्यवस्था समाजवादको बाधक छ । अहिलेको शासकीय स्वरुपबाट समाजवाद सम्भव छैन्।’ उनले भने।

अहिलेको तमासाबाट समाजवाद आउनेवाला नरहेको उनको भनाइ थियो। समाजवादका लागि शासकीय प्रणाली, निर्वाचन प्रणाली बदल्न आवश्यक रहेको उनले सुनाए।

उनले संविधान परिवर्तन नगरीकन समाजवादउन्मुख लेखेर मात्रै उन्मुख नहुने जिकिर गरे। ‘सुशासन ल्याउने प्रयासमा अहिले सरकार त लागेको छ, कहाँसम्म पुगिन्छ। अहिलेको संविधान समाजवादउन्मुख लेखिएको भएपनि अहिलेको संविधान र संवैधानिक व्यवस्था समाजवादको बाधक छ। पूरै बाधक छ। यसलाई संशोधन गरौँ।’ उनले भने।

अध्यक्ष यादवले सामाजिक न्याय बिना समानतामा आधारित न्याय बन्न नसक्ने जिकिर गरे। उनले पुँजीवादी लोकतन्त्रको विकल्प समाजवादी लोकतन्त्र नै रहेको बताए।

Logo