सरकारी सम्पत्ति व्यक्तिको नाममा लैजाने प्रवृत्तिमाथि सरकारको प्रहार : प्रधानमन्त्री

सरकारी सम्पत्ति व्यक्तिको नाममा लैजाने प्रवृत्तिमाथि सरकारको प्रहार : प्रधानमन्त्री

काठमाडौं एक्सप्रेस

काठमाडौं, – प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले विधमान चुनौतिभित्र रहेर आफू नेतृत्वको सरकारले भ्रष्टाचारविरुद्धको अभियान चलाइरहेको बताए । समाजवादी मोर्चाको अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै सरकारी सम्पत्ति व्यक्तिको नाममा लैजाने प्रवृत्तिमाथि प्रहार गरेको बताए ।

उनले भने, ‘भ्रष्टाचारी र तस्करीको प्रवृत्तिलाई प्रहार गर्ने जमर्को मैले गरें। यहाँहरुलाई थाहा छ । अहिले जनताको आकांक्षा पूरा गर्न जुन बेगको साथ जानुपर्थ्यो विगतको गठबन्धनबाट सम्भावना नदेखेपछि सरकारको पुनर्गठन गरेको हुँ । मैले समाजवादको आधार तयार पार्नेगरी अघि बढेको छु । मैले मेरो प्रधानमन्त्री पदको लागि यो कदम होइन, समाजवादको आधार तयार पार्ने उद्देश्यप्रति इमान्दार भएर गरेको हुँ । मैले केही जोखिम र चुनौती हुँदाहुँदै कदम चालेको छु । मेरो कदमले एकथरी वर्ग विछिप्त भएका छन् ।’

उनले थुप्रै चुनौतीका बीच यो पटक प्रधानमन्त्री हुँदा सुशासन, सामाजिक न्यायको पक्षमा काम गरिरहेको बताए ।

उनले भने, ‘मैले आज बिहान पनि एमालेका अध्यक्षसँग पनि कुरा गरेको थिएँ। यहाँ सहभागीता आवश्यक हुन्छ त्यसको एउटा म्यासेज सन्देश हुन्छ देशभरीको लागि। उहाँ एमालेको तर्फबाट उपस्थिति भएर एउटा समावेशी सहभागितामुलक भयो । र संविधान र अहिलेको राजनीतिक परिस्थितीबारे छलफल भयो । यसको सार सबै देशभक्त र समाजवादी धाराका शक्तिहरु एकठाउँमा केन्द्रित हुनुपर्छ भन्ने नै आजको साझा निष्कर्ष भयो ।’

Logo