सुदूरपश्चिमका मुख्यमन्त्री शाहलाई विश्वासको मत नदिन नाउपाकी अध्यक्ष रञ्जिताको ह्विप जारी

सुदूरपश्चिमका मुख्यमन्त्री शाहलाई विश्वासको मत नदिन नाउपाकी अध्यक्ष रञ्जिताको ह्विप जारी

काठमाडौं एक्सप्रेस

काठमाडौं, – सुदूरपश्चिमका मुख्यमन्त्री कमलबहादुर शाहलाई विश्वासको मत नदिन नागरिक उन्मुक्ति पार्टी (नाउपा) की अध्यक्ष रञ्जिता श्रेष्ठले ह्विप जारी गरेकी छन्।

उनले नाउपा संसदीय दलको कार्यालय, सुदूरपश्चिम प्रदेश कमिटीलाई पत्र लेख्दै विश्वासको मत नदिन ह्वीप जारी गरेकी हुन्।

अध्यक्ष श्रेष्ठले प्रदेश संसदीय दलको विधान केन्द्रीय कमिटीबाट पास नभएकाले पार्टी अध्यक्षले नै ह्विप जारी गरेको बताएकी छिन्।

Logo