कोशीका मुख्यमन्त्रीलाई दिएको समर्थन फिर्ता लिन एमाले सांसदहरूको हस्ताक्षर

कोशीका मुख्यमन्त्रीलाई दिएको समर्थन फिर्ता लिन एमाले सांसदहरूको हस्ताक्षर

काठमाडौं एक्सप्रेस

विराटनगर, – कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीलाई दिएको समर्थन फिर्ता लिन एमाले सांसदहरूले हस्ताक्षर गरेका छन् । कार्कीलाई समर्थन गरेका ३९ जना नै प्रदेश सभा सदस्यहरूले समर्थन फिर्ता दिन हस्ताक्षर गरेका हुन् ।

असोज २७ गते संविधानको धारा १६८(५) अन्तरगत मुख्यमन्त्री बनेका केदार कार्कीलाई एमालेका ३९ जना प्रदेश सभा सदस्यहरूले हस्ताक्षर गरेर समर्थन गरेका थिए । उनीहरूले प्रदेश प्रमुखको कार्यालयमा श शरीर उपस्थित भएर सनाखत समेत गरेका थिए ।

केन्द्रमा नयाँ सत्ता समीकरण बनेपछि कोशी प्रदेशको सरकार परिवर्तनमा लागेको एमालेले आफ्ना प्रदेश सभा सदस्यहरूलाई समर्थन फिर्ता गराउन हस्ताक्षर गराएको हो ।

संविधानको धारा १६८ को उपधारा ५ अनुसार बनेको सरकार भएको कारण कसरी अगाडि बढ्ने भन्ने विषयमा ठोस निर्णय भने दलहरूबीच भई नसक्दा केन्द्रीय सत्ता गठबन्धनमा रहेका माओवादी केन्द्र र एकीकृत समाजवादीका प्रदेश सभा सदस्यहरूले भने हस्ताक्षर गरिसकेका छैनन् ।

एक दुई दिनभित्रमै हस्ताक्षर गरी मुख्यमन्त्रीलाई दिएको समर्थन फिर्ता लिने तयारी भएको माओवादी केन्द्रले जनाएको छ ।

Logo