प्रधानमन्त्रीलाई भेट्न बालुबाटार पुगे गगन र कृष्णप्रसाद सिटौला

प्रधानमन्त्रीलाई भेट्न बालुबाटार पुगे गगन र कृष्णप्रसाद सिटौला

काठमाडौं एक्सप्रेस

काठमाडौं, – नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापा र राष्ट्रिय सभा सदस्यसमेत रहेका नेता कृष्णप्रसाद सिटौला प्रधानमन्त्री प्रचण्डलाई भेट्न बालुबाटार पुगेका छन् ।

प्रधानमन्त्री प्रचण्डले कांग्रेस सभापति शेरबहादुर देउवालाई भेटवार्ताका लागि बोलाएका थिए । सभापति देउवाले महामन्त्री थापासहित सिटौलालाई पठाएका हुन् ।

सभापति देउवाले नयाँ बानेश्वरमा संसदीय दलको बैठक चलिरहेको बेला प्रचण्डले बोलाएको जानकारी गराएका थिए । त्यसलगत्तै बैठक चलिरहेकै बेला थापा र सिटौला बालुवाटार हिंडेका हुन् ।

प्रतिनिधि सभा बैठक सञ्चालन लगायत समसामयिक विषयमा छलफल गर्न प्रधानमन्त्रीले कांग्रेस नेतासँग छलफल गर्न लागेका हुन् ।

आज प्रतिनिधि सभा बैठक बस्दैछ । तर, कांग्रेसले भने गृहमन्त्री रवि लामिछानेमाथि संसदीय छानबिन समिति गठन नभए बैठक चल्न नदिने बताउँदै आएको छ ।

Logo