निजी क्षेत्रले काम गर्न नपाउँदा आर्थिक वृद्धिदर खस्कियो : अध्यक्ष ढकाल

निजी क्षेत्रले काम गर्न नपाउँदा आर्थिक वृद्धिदर खस्कियो : अध्यक्ष ढकाल

काठमाडौं एक्सप्रेस

काठमाडौं, – नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले निजी क्षेत्रले काम गर्न नपाउँदा मुलुकको आर्थिक वृद्धिदर खस्किएको बताएका छन् । महासंघको ५८ औं वार्षिकोत्सवका अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष ढकालले भने ‘पछिल्लो दुई वर्षमा न्युन आर्थिक वृद्धि हुनुको कारण निजी क्षेत्रले काम गर्न नपाउँदा हो ।’

अर्थतन्त्रमा अझै समस्या छ भन्ने तथ्यलाई स्वीकारेर मात्र निकास खोज्न सजिलो हुने उनले बताए । ‘करिब दुई वर्षदेखि सुस्ताएको अर्थतन्त्रको रोग पहिचान गरेर त्यसको निदान नगर्दा समस्या झन् बल्झिँदै गएको हो’ उनले भने ‘निजी क्षेत्रले त रोगको पहिचान गरेरै बारम्बार औषधि सिफारिस गरेको हो । यसमा राज्यको सम्बद्ध पक्षले ध्यान दिएन ।’

यसपटकको बजेट र मौद्रिक नीतिमा निजी क्षेत्रको साझा सुझाव पेश हुँदा पनि सुधारका उपाय अवलम्बन हुन नसकेको उनको भनाइ छ । ‘श्रीलंका बन्न सक्ने भयले यहाँ नियन्त्रणमुखी नीतिगत व्यवस्था गरिए, यसबाट हाम्रो आर्थिक वृद्धि ६ प्रतिशतबाट २ प्रतिशतमा झरेको छ’ उनले भने ‘यसै अवधिमा श्रीलंकाको आर्थिक वृद्धि माइनस ७.८ प्रतिशतबाट करिब दुई प्रतिशत सकारात्मक भएको छ ।’

नेपालको अर्थतन्त्र कमजोर हुनुमा वाह्य भन्दा आन्तरिक कारण नै प्रमुख रहेको उनको भनाइ छ । हाम्रा रणनीति बाहिरी प्रभाव भन्दा पनि माटो र परिस्थिति सुहाउँदो हुनुपर्ने उनले बताए ।

मुलुकको खर्च धान्ने निजी क्षेत्र नै पंखेटा पिंmजाएर थप आर्जन गर्न खोजिरहेको तर त्यसका लागि राज्यबाट आवश्यक सेवा र सुरक्षा पाउन नसकेको उनले बताए । ‘युवाहरुले बिजनेसमा देखेका नयाँ सोचलाई समाजले स्वीकार गर्नेगरी राज्यले वातावरण तयार पार्नुप¥यो, राजनीतिक तहबाट त्यसलाई अपनत्व ग्रहण गरिदिनुप¥यो’ ढकालले भने ‘कानुनी अडचन हुनु भएन र वातावरणीय रुपमा दिगो हुनुप¥यो ।’

वर्षौं मेहनत गरेर तयार पारेको व्यवसाय वा परियोजना एउटा सरकारी नीति, एउटा अधिकारीको लहडले एकैछिनमा तहसनहस पारिदिन सक्ने अवस्था रहेको उनको भनाइ छ ।

Logo