ईदमा सार्वजनिक बिदा दिन सरकारलाई मुस्लिम आयोगको आग्रह

ईदमा सार्वजनिक बिदा दिन सरकारलाई मुस्लिम आयोगको आग्रह

काठमाडौं एक्सप्रेस

मुस्लिम आयोगले ईद-उल फित्र (ईद) को अवसरमा सरकारलाई सार्वजनिक बिदा दिन आग्रह गरेको छ ।

आयोगका अध्यक्ष समिम मिया अन्सारीले चैत २७ गते मंगलबार नेपालको कुनै पनि भागमा चन्द्रमा नदेखिएकाले रमजान महिनाको ३० दिने व्रत बुधबार पूरा हुने भएकाले चैत २९ गते बिहीबार स्वतः ईद-उल फित्र मनाइने भएकाले उक्त दिन सार्वजनिक बिदाको घोषणा गर्न सरकारलाई आग्रह गरिएको बताए ।

आयोगले गृह मन्त्रालयलाई एक पत्र पठाउँदै बुधबार सार्वजनिक बिदाको घोषणा गर्न आग्रह गरेको हो ।

मुस्लिम आयोगले हरेक वर्ष महत्वपूर्ण धार्मिक पर्वका दिन सरकारलाई सार्वजनिक बिदा घोषणा गर्न आग्रह गरेपछि बिदा दिइँदै आएको छ ।

Logo