बाबुरामका स्वकीय सचिव नै माओवादी केन्द्रमा प्रवेश

बाबुरामका स्वकीय सचिव नै माओवादी केन्द्रमा प्रवेश

काठमाडौं एक्सप्रेस

काठमाडौं- नेपाल समाजवादी पार्टीका केन्द्रीय राजनीतिक समितिका सदस्य (केन्द्रीय सदस्य) विश्वद्वीप पाण्डे माओवादी केन्द्रमा फर्किएका छन्। उनले बाबुराम भट्टराईको स्वकीय सचिव भएर लामो समय काम गरेका थिए ।

पाण्डेलाई सोमबार बिहान प्रधानमन्त्री तथा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पार्टीमा स्वागत गर्नुभएको थियो।

डा. बाबुराम भट्टराई नेतृत्वको नयाँ शक्ति पार्टी नेपाल हुँदै हाल नेपाल समाजवादी पार्टीमा क्रियाशील रहँदै आएका थिए। सोमबार बिहान उनी माओवादी केन्द्रमा फर्किएका हुन्।

Logo