जसपाकी हसिना खानले लिईन शपथ

जसपाकी हसिना खानले लिईन शपथ

काठमाडौं एक्सप्रेस

काठमाडौं, – जनता समाजवादी पार्टी (जसपा)की हसिना खानले प्रतिनिधि सभा सदस्यको शपथ लिएकी छिन् । शुक्रबार सभामुख देवराज घिमिरेले नयाँ बानेश्वरस्थित संघीय संसद भवनमा पद तथा गोपनियताको शपथ गराएका हुन् ।

गत चैत २२ गते ललितपुरको बालकुमारीमा बसेको जसपाको केन्द्रीय कार्यकारिणी समितिको बैठकले बाँकेकी खानलाई समानुपातिक सांसद बनाउन सिफारिस गरेको थियो ।

जसपाकी मञ्जु शर्मा अन्सारीको गत चैत ४ गते निधन भएपछि उक्त पद रिक्त थियो । अन्सारी पनि जसपाकी सांसद शहनाज रहमानको निधन भएपछि चैत १९ गते प्रतिनिधि सभा सदस्य बनेकी थिइन्। रहमानको २०७९ फागुन १३ गते निधन भएको थियो।

Logo