ओलीको टिप्पणी : गृहमन्त्रीमाथि प्रश्न उठाउने कांग्रेससँग नैतिक अधिकार छैन

ओलीको टिप्पणी : गृहमन्त्रीमाथि प्रश्न उठाउने कांग्रेससँग नैतिक अधिकार छैन

काठमाडौं एक्सप्रेस

काठमाडौं, – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले विपक्ष दल नेपाली कांग्रेससँग उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेमाथि प्रश्न उठाउने नैतिक अधिकार नभएको टिप्पणी गरेका छन् ।

राष्ट्रिय महाधिवेशन प्रतिनिधि परिषद् बैठकमा पेश गरेको राजनीतिक प्रतिवेदनमा उनले अचानक सत्ताबाट बाहिरिनु पर्दा कांग्रेसमा आक्रोश, क्षुब्ध र हतास देखिएको उल्लेख गरेका छन् ।

उनले भने, ‘समीकरणलाई सफल हुन नदिन र भत्काउन उसले हरसम्भव प्रयास ग¥यो । त्यसका लागि उसले रास्वपा र अन्य कतिपय दलका नेताहरुलाई प्रधानमन्त्री पदको समेत प्रस्ताव ग¥यो । तर, कांग्रेसको प्रस्ताव अस्वीकार गर्दै ती दलहरु नयाँ राजनीतिक समीकरणमा संलग्न हुनासाथ यतिबेला हतास मनस्थितिका साथ विरोध र सदनमा अवरोध गरिरहेको छ । यसका पछाडि प्रतिशोधबाहेक कुनै तर्कसङ्गत आधार छैनन् ।’

अध्यक्ष ओलीले सहकारी क्षेत्रमा गम्भीर समस्या देखापरेको उल्लेख गर्दै बचतकर्ताहरुको अर्बौं रकम हिनामिना भएको विषयमा गम्भीर छानबिन गरी दोषीहरुलाई कानूनी कारबाही गरिनुपर्ने बताए ।

गृहमन्त्रीको विषयमा कांग्रेसले राखेको मागलाई लक्षित गर्दै उनले भने, ‘तर, निश्चित व्यक्तिलाई निशाना बनाएर राजनीतिक प्रतिशोधको भावनाले अगाडि सारिएका र पुष्टि नभएका विषयमा प्रवेश गर्न सकिँदैन । हिजोसम्म सरकारमा रहँदा अख्तियारले बयानमा बोलाएका, अदालतले पुर्पक्षका लागि थुनामा राखेका र गम्भीर अनियमिततामा संलग्न भएका मन्त्री र नेताहरुलाई राजीनामा गराउन तयार नहुने कांग्रेसले यतिबेला अरुमाथि प्रश्न उठाउने नैतिक आधारसमेत राख्दैन ।

Logo