पपुलिस्ट शक्ति र विचारधारा नभएको शक्ति वैकल्पिक शक्ति हुन सक्दैन : ओली

पपुलिस्ट शक्ति र विचारधारा नभएको शक्ति वैकल्पिक शक्ति हुन सक्दैन : ओली

काठमाडौं एक्सप्रेस

काठमाडौं, – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सही दर्शन र विचारधारा नभएको शक्ति वैकल्पिक शक्ति हुन नसक्ने बताएका छन्। ललितपुरको गोदावरीमा शनिबारदेखि सुरू भएको महाधिवेशन प्रतिनिधि परिषद्को बैठकमा राजनीतिक प्रतिवेदन प्रस्तुत गर्दै अध्यक्ष ओलीले पपुलिस्ट शक्ति र विचारधारा नभएका शक्ति वैकल्पिक शक्ति हुन नसक्ने बताएका हुन्।

‘सही दर्शन र विचारधार नभएको अर्थराजनीतिक कार्यदिशा नभएको र आफ्ना स्वार्थका लागि अस्थिर र डोलायमान रहने शक्तिहरू विकल्प हुन सक्दैन,’ उनले भने।

त्यस्ता शक्तिहरूले जनतामा देखिएको चर्को निराशा उजागर र उपयोग गर्ने पपुलिष्ट र दक्षिणपंथी शक्तिहरू त्यस्ता निराशाहरूको समाधान भने नहुने दाबी गरे। अध्यक्ष ओलीले राजतन्त्रलाई फर्काउन खोज्ने प्रयास पनि कुनैपनि हालतमा सफल नहुने बताए।

‘आजको लोकतान्त्रिक युगमा पनि जन्मजात श्रेष्ठताको सामन्ती मान्यतालाई पनि बोक्ने र आफ्नै अयोग्यता असफलता र कर्मका कारण जनताबाट विस्थापित राजतन्त्रलाई फर्काउन खोज्ने प्रयास हुने कुनै सम्भावना छैन। यसमा हामी ढुक्क भए हुन्छ। इतिहासको चक्र पछाडि फर्कनेवाला छैन,’ उनले भने।

लोकतान्त्रिक गणतन्त्रको प्रणाली सञ्चालनमा समस्या देखिएको हुनसक्ने तर उक्त समस्याको विकल्प निरंकुश सामन्ती व्यवस्थाको पुनः स्थापना हुनै नसक्ने अध्यक्ष ओलीले बताए।

‘सामाजिक असन्तुष्टिहरूको लाभ यस्ता पक्षले उठाउन नपाउन भन्ने कुरामा सजग रहँदै त्यसलाई सम्बोधन गर्न विशेष संवेदनशील हुनुपर्छ,’ उनले भने।

Logo