कम्युनिष्ट शक्तिबीच एकता गर्न हतार छैन : प्रधानमन्त्री

कम्युनिष्ट शक्तिबीच एकता गर्न हतार छैन : प्रधानमन्त्री

काठमाडौं एक्सप्रेस

काठमाडौं, – प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले यसपटक कम्युनिष्ट शक्तिबीच एकता गर्न हतार नगर्ने बताएका छन् ।

सोमबार ललितपुरको गोदावरीमा नेकपा एमालेको हिरक जयन्तीको अवसरमा आयोजित कार्यक्रममा उनले विगतमा कम्युनिस्ट एकताको नाममा हौसिँदा र हतार गर्दा एकता नटिकेको बताए ।

‘हामी अहिले पहिलाको जस्तो हतारमा, हौसिएर कम्युनिष्ट एकता गर्ने पक्षमा छैनौँ । हामी त्यो बेलामा अलि बढी हौसिएछ कि, समय भन्दा अगाडि नै दौडिइएछ कि भन्ने हेक्का राख्नुपर्ने ठान्छु मैले’, उनले भने ।

अहिले एमाले, माओवादी, एकीकृत समाजवादीसहितका दलहरु सत्ता सहकार्यमा छन् । प्रचण्डले यो सहकार्यलाई अगाडि बढाउँदै लैजाँदा एकताको आधारभूमि आफैं तयार हुने बताए ।

‘त्यसो हुँदै गयो भने राजनीतिक दलहरुको बीचमा, कम्युनिष्टहरुको बीचमा स्वतः नै आधारभूमि तयार हुन्छ, एकताको, समझदारीको । त्यो ढंगबाट जानु ठीक हुन्छ’, प्रधानमन्त्री प्रचण्डले भने ।

Logo