उपनिर्वाचन : इलाम २ मा २० प्रतिशत मत खस्यो

उपनिर्वाचन : इलाम २ मा २० प्रतिशत मत खस्यो

काठमाडौं एक्सप्रेस

काठमाडौं, – उपनिर्वाचन अन्तरगत इलाममा भइरहेको मतदानमा अहिलेसम्म २० प्रतिशत मत खसेको छ । इलामका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवका अनुसार अहिलेसम्म २३ हजार भन्दा बढी मत खसेको छ ।

इलाम २ मा मतदाता १ लाख १५ हजार ८ सय ८९ मतदाता रहेका छन् । अहिले सम्म सबै मतदान केन्द्रहरूमा शान्तिपूर्ण तरिकाले मतदान भइरहेको छ ।

बिहान ७ बजे सुरु भएको मतदान १० बजेसम्म सबैतिर मर्यादित रूपमा भइरहेको जानकारी आएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

इलाम २ मा ७९ मतदान स्थल र एक सय ४९ वटै मतदान केन्द्र छन् । उपनिर्वाचनमा १२ दल र सात स्वतन्त्र उम्मेदवार चुनावी मैदानमा छन् ।

Logo