बझाङ उपनिर्वाचन : हेलिकोप्टरबाट सबै मतपेटिका आज चैनपुर आईपुगे, मतगणना गर्न सर्वदलीय बैठकको तयारी

बझाङ उपनिर्वाचन : हेलिकोप्टरबाट सबै मतपेटिका आज चैनपुर आईपुगे, मतगणना गर्न सर्वदलीय बैठकको तयारी

काठमाडौं एक्सप्रेस

बझाङ,– बझाङ प्रदेशसभा (१) मा भएको उपनिर्वाचनमा सडक सञ्जालसँग नजोडिएका साइपाल गाउँपालिकाका ३ वटा केन्द्रका मतपेटिका आज हेलिकोप्टरबाट सदरमुकाम चैनपुर ल्याइएको छ। शनिवार खराब मौसमका कारण ल्याउन नसकिएका मतपेटिका आइतवार बिहान ल्याइएको हो ।

साइपाल गाउँपालिका वडा नं ३ को काडा माबि मतदान केन्द्र, वडा नं ४ को धुली मतदान केन्द्र र वडा नं ५ को एराङकरी मतदान केन्द्रका मतपेटिका हेलिकोप्टरबाट चैनपुर ल्याइएको जिल्ला निर्वाचन कार्यालय प्रमुख मान बहादुर धामीले बताए ।

निर्वाचन क्षेत्र भरिका मतदान केन्द्रका मतपेटिका सदरमुकाम पुगिसकेपछि मतगणनाका लागि सर्वदलीय बैठक बस्ने तयारी भइरहेको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ।

शनिवार भएको उपनिर्वाचनमा यहाँ ४९.१२ प्रतिशत अर्थात् ३० हजार तीन सय २८ मतदान भएको छ। जिल्लाका ७४ वटा मतदानस्थल र ९३ केन्द्रमा हिजो शान्तिपूर्ण रूपमा मतदान सम्पन्न भएको थियो । यहाँ प्रदेश सभा सदस्यका लागि विभिन्न राजनीतिक दलका ११ उम्मेदवार प्रतिस्पर्धामा छन्।

Logo