राष्ट्रिय सभा सदस्य डा. अञ्जान शाक्यले लिईन शपथ

राष्ट्रिय सभा सदस्य डा. अञ्जान शाक्यले लिईन शपथ

काठमाडौं एक्सप्रेस

काठमाडौं, – राष्ट्रिय सभा सदस्य डा. अञ्जान शाक्यले शपथ ग्रहण गरेकी छन् । राष्ट्रिय सभाका अध्यक्ष नारायणप्रसाद दाहालले आइतबार सिंहदरबारमा एक समारोहका बीच शाक्यलाई पद तथा गोपनीयताको शपथ गराएका हुन् ।

शाक्यलाई मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले यही वैशाख ६ गते राष्ट्रिय सभाको सदस्य पदमा मनोनित गरेका थिए ।

सांसद शाक्यलाई सांसदको लोगो हस्तान्तरण गर्दै राष्ट्रिय सभाका अध्यक्ष दाहालले बधाइ दिए । त्यस अवसरमा राष्ट्रिय सभाका सांसदहरु र संसद सचिवालयका कर्मचारीहरुले पनि उनलाई बधाई दिएका छन् ।

शपथ ग्रहणपछि सांसद शाक्यले देश र जनताको हितमा इमान्दारिताका साथ काम गर्ने प्रतिवद्धता व्यक्त गरिन् । उनले राष्ट्रिय सभाको गरिमा उचाइमा पु¥याउन पनि आफूले सक्दो पहल गर्ने बताइन् ।

‘मैले खास काम गर्ने भनेको देश र जनताको लागि हो । त्यसैले मेरो भूमिका इमान्दारिताका साथ बफादार रहेर देश र जनताको लागि मेरो आजदेखिको सम्पूर्ण काम समर्पित गर्न चाहन्छु’, उनले भनिन्, ‘राष्ट्रियसभाको गरिमालाई उचाइमा पु¥याउनका लागि जे जस्ता काम पनि मैले बफादार भएर इमान्दारिताका साथ काम गर्नेछु ।’

Logo