एमालेका नेम्वाङकाे अग्रता झनै फराकिलो बन्दै

एमालेका नेम्वाङकाे अग्रता झनै फराकिलो बन्दै

काठमाडौं एक्सप्रेस

काठमाडौं, – प्रतिनिधि सभा सदस्यका लागि इलाम–२ मा भएको उपनिर्वाचनमा एमालेका सुहाङ नेम्वाङले अग्रता झनै फराकिलो बनाउँदै लगेका छन् । सुहाङ आफूलाई पछ्याइरहेका नेपाली कांग्रेसका डम्बरबहादुर खड्काभन्दा २ हजार ८५३ मतले अगाडि छन् ।

सुहाङले ९ हजार ४८४ मत पाएका छन् भने उनलाई नेपाली कांग्रेसका डम्बर खड्काले ६ हजार ६३१ मतसहित पछ्याइरहेका छन् ।

पहिचान पक्षधर स्वतन्त्र उम्मेदवार डकेन्द्र थेगिम ४ हजार ०५१ मतसहित तेस्रो स्थानमा छन् ।

रास्वपाका उम्मेदवार मिलन लिम्बुले १ हजार ४०१ मत पाएका छन् ।

इलाम–२ मा तत्कालीन प्रतिनिधि सभा सदस्य सुवास नेम्वाङको निधन भएपछि उपनिर्वाचन भएको हो । उपनिर्वाचनमा १९ जना उम्मेवार मैदानमा छन् ।

Logo