विजय सभामा ओलीले पहिचानको विषयमा खुलेर बोले : व्यक्तिगत पहिचान बनाउन खोज्यौं भने सफल भईदैन

विजय सभामा ओलीले पहिचानको विषयमा खुलेर बोले : व्यक्तिगत पहिचान बनाउन खोज्यौं भने सफल भईदैन

काठमाडौं एक्सप्रेस

काठमाडौं, – इलाम २ को विजय सभालाई सम्बोधन गर्दै नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पहिचानको विषयमा खुलेर बोलेका हुन् ।

एमाले बाट सुहाङ नेम्बाङले जित हासिल गरेपछि अध्यक्ष ओली ईलाको विजय सभामा सहभागि हुन गएका थिए । उनले त्यस सभालाई सम्बोधन गर्दै कोशी प्रदेशको नामकरणविरुद्ध भइरहेको आन्दोलनको औचित्यमाथि प्रश्न उठाए । उनले जात र थरलाई पहिचान बनाउन नहुनेसमेत बताए ।

ओलीले भने, ‘पहिचान भनेको के हो ? केलाई पहिचान भन्ने ? हामी सबै नेपाली हौं । त्यही पहिचान हो । धनी भए धनी नेपाली । गरिब भए दुनियाँले हेप्ने गरिब नेपाली । पढ्न पायौं भने विद्वान नेपाली, पाएनौं भने बुद्धु नेपाली । कस्तो पहिचान ? व्यक्तिगत पहिचान बनाउन खोज्यौं भने कोही सफल हुन सक्दैन । समृद्ध नेपाल सुखी नेपाली भनेपछि त्यही हो पहिचान ।

नेपाली जनता सुखी हुनुपर्छ । प्रदेशको नाम पहिचानको कुरा होइन । पहिचान भनेको नामको कुरा होइन । जाति विशेषको, थर विशेषको कुरा होइन । पहिले पनि जसरी बाँडिएका थिए, मेची, कोशी अञ्चल थिए ।

तसर्थ यो धेरै ठूलो कुरा होइन । यो विषयलाई संवेदनशील बनाउनुपर्ने केही छैन । साझा नाम राख्दा केही बिग्रिँदैन । हामी सयौं थुंगा फुलका एउटै माला हौं । इलाममा पनि सूर्य चिन्हले जित्यो, त्यही हो पहिचान ।’

Logo