काठमाडौं, – ललितपुरको गोदावरी नगरपालिका–४ बडिखेल जंगलमा लागेको डढेलो निभाउने क्रममा घाइते भएका थप एक जनाको मृत्यु भएको छ ।
सोही नगरपालिका वडानम्बर ४ कै ५० वर्षीय रमेश पहरीको मृत्यु भएको जिल्ला प्रहरी परिसर भक्तपुरका प्रवक्ता एसपी नरेशराज सुवेदीले जानकारी दिए ।
पहरीको उपचारका क्रममा कीर्तिपुर बर्न अस्पतालमा आज बिहान मृत्यु भएको हो । डढेलो निभाउने क्रममा मंगलबार शंकर पहरीको पनि उपचारका क्रममा सोही अस्पतालमा मृत्यु भएको थियो ।
मंगलबार दिउँसो डढेलो निभाउने क्रममा उनीहरू घाइते भएका थिए । ललितपुरको गोदावरी नगरपालिका–६ आनन्द वनमा पनि डढेलो फैलिंदा कुष्ठरोग अस्पतालका बिरामी अन्यत्र सारिएको छ ।
प्रतिक्रिया