राप्रपा बागमती प्रदेश संसदीय दलले पायो पूर्णता

राप्रपा बागमती प्रदेश संसदीय दलले पायो पूर्णता

काठमाडौं एक्सप्रेस

हेटौंडा, – राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले बागमती प्रदेश संसदीय दललाई पूर्णता दिएको छ ।

बागमती प्रदेश संसदीय दलमा रित्त रहेको तीन पदलाई राप्रपाले पूर्णता दिएको राप्रपा संसदीय दलका नेता उद्धव थापाले जानकारी दिए ।

रिक्त ३ पदमा सांसदहरू नियुक्त गरेर पूर्णता दिइएको हो । राप्रपामा रित्त रहेको संसदीय दलको उपनेतामा गिरबहादुर तामाङ नियुक्ति भएको नेता थापाले जानकारी दिए ।

दलको प्रमुख सचेतकमा कुमारी तामाङ नियुक्त भएकी छिन् भने सचेतकमा मनिका श्रेष्ठलाई नियुक्ति गरिएको छ । प्रदेशसभाको दोश्रो कार्यकालको करिब डेढ वर्षपछि राप्रपाले दललाई पूर्णता दिएको हो ।

उपनेता नियुक्त भएका तामाङ चितवन–३ (ख)बाट प्रतक्ष निर्वाचित सांसद हुन् भने प्रमुख सचेतक तामाङ (सिन्धुपाल्चोक) र सचेतक श्रेष्ठ (दोलखा) समानुपातिक कोटाबाट सांसद बनेका थिए ।

राप्रपाको तर्फबाट बागमती प्रदेशमा सभामुख भुवनकुमार पाठक सहित १३ जना प्रदेशसभा सांसद रहेका छन् ।

Logo