नेकपा एस विभाजन हुने सूचना पाएपछि माधव नेपालले बोलाए संसदीय दलको बैठक

नेकपा एस विभाजन हुने सूचना पाएपछि माधव नेपालले बोलाए संसदीय दलको बैठक

काठमाडौं एक्सप्रेस

काठमाडौं, – जसपा विभाजनसँगै नेकपा एसमा पनि विभाजनको धाँजा फाटेको चर्चा चलिरहेका बेला माधव नेपालले संसदीय दलको बैठक बोलाएका छन् । आज अपरान्ह संसदीय दलको बैठक बोलाइएको हो ।

नेकपा एसका असन्तुष्ट सांसदहरुलाई सम्झाउनका लागि नेपालले दलको बैठक बोलाएको नेताहरुले बताएका छन् । आफ्नो दल पनि विभाजन हुने सूचना नेपालले पाएको बताइन्छ ।

उपेन्द्र यादवसहित यो गठबन्धन छाडेर वैकल्पिक गठबन्धनबाट प्रधानमन्त्री बन्ने प्रयासमा तत्काल अवरोध भएपछि नेता नेपाल चिन्तित छन् । एमाले अध्यक्ष केपी शर्मा ओलीले माधव नेपाललाई अहिलेको सत्ता समिकरणबाट निकाल्न प्रधानमन्त्रीलाई संकेत गरिसकेका छन् ।

उपेन्द्र यादवलाई पनि उपप्रधानमन्त्रीबाट हटाएर उनको ठाउँमा विभाजित जसपाका सांसदलाई मन्त्री बनाउने तयारी छ । अबको रणनीति बनाउनका लागि नेकपा एसको संसदीय दलको बैठक बोलाइएको प्रमुख सचेतक मेटमणी चौधरीले बताए ।

नेकपा एसभित्र यहि सरकारमा बस्नुपर्छ भन्ने र बाहिर रहनुपर्छ भन्ने दुवै मत बलियो रुपमा प्रकट भइरहेका छन् । एकातिर सांसदहरु नेपालसँग असन्तुष्ट भएर विभिन्न ठाउँमा संवादमा छन् भने अर्कोतिर झलनाथ खनाललगायतका नेताहरु एमाले र माओवादीसँगै समीकरणमा रहनुपर्छ भनेर लबिङमा छन् ।

Logo