काठमाडौँमा १२ बजेपछि वर्षाको सम्भावना

काठमाडौँमा १२ बजेपछि वर्षाको सम्भावना

काठमाडौं एक्सप्रेस

काठमाडौं, – काठमाडौं उपत्यकाका केही स्थानमा बिहानैदेखि पानी परिरहेको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार काठमाडौंका केही स्थानमा बिहानैदेखि छिटफुट वर्षा भइरहेको छ।

महाशाखाका अनुसार बिहानैदेखि काठमाडौं उपत्यकामा बादल लागिरहेको छ भने आज दिनभर जसो घाम लाग्ने सम्भावना न्यून छ ।

महाशाखाका मौसमविद् गंगा नगरकोटीले आज दिनभर जसो बादल लाग्ने हुँदा घाम राम्रोसँग लाग्ने सम्भावना कम रहेको बताइन् ।

उनले आज दिउँसो १२/१ बजेपछि काठमाडौँमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको पनि बताइन्।

Logo