काठमाडौं, – विशेष अदालतले भुक्तानी प्रणालीमा भ्रष्टाचार ठहर भएका सुनिल पौडेललाई ९ वर्ष कैद सजाय सुनाएको छ ।
विशेष अदालतका अध्यक्ष टेकनारायण कुँवर र सदस्य मुरारीबाबु श्रेष्ठको इजलासले मंगलबार उक्त फैसला गरेको हो ।
उनलाई २३ करोड २७ लाख बिगो र त्यति नै जरिवाना हुने फैसला समेत भएको छ ।
प्रतिक्रिया