जापानको सहयोगमा विद्यालय भवन निर्माण

जापानको सहयोगमा विद्यालय भवन निर्माण

काठमाडौं एक्सप्रेस

gjlgld{t ljBfno ejg uf]/vf, @^ j}zfv M ;lxb nvg ufpFkflnsf–* a’ªsf]6 l:yt >L /fd]Zj/L dfWoflds lJfBfnosf] rf/sf]7] kSsL ejg . hfkfg ;/sf/sf] ;xof]udf sl/a @ s/f]8 *( nfv ?k}ofsf] nfutdf ljBfno ejg ;lxt vfg]kfgL, sIffsf]7df kmlg{r/ Joj:yfkg, 3]/faf/ / km”naf/L ;d]t lgdf{0f ul/Psf] xf] . tl:j/ M bLKfs >]i7÷/f;;

गोरखा, – सहिद लखन गाउँपालिका–८ बुङ्कोटस्थित रामेश्वरी माध्यामिक विद्यालयको चारकोठे पक्की भवन निर्माण सम्पन्न भएको छ । जापान सरकारको आर्थिक सहयोगमा करिब रु दुई करोड ८९ लाख लागतमा विद्यालय भवनसहितको संरचना निर्माण गरिएको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष ज्ञानबहादुर रम्तेलले जानकारी दिए ।

“नवनिर्मित बालमैत्री भवनसँगै विद्यालयमा खानेपानी, कक्षाकोठाका लागि आवश्यक पर्ने फर्निचर तथा फूलबारीको पनि व्यवस्था गरिएको छ”, उनले भने,“विद्यालय भवनको सुरक्षाका लागि घेराबारसमेत लगाइएको छ ।” विसं २०८० असारमा शिलान्यास गरिएको भवन चैतमा नै निर्माण सम्पन्न भएको हो ।

एकीकरण नेपाल गोरखा नामक गैरसरकारी संस्थाको सार्वजनिक विद्यालयको सिकाइ वातावरण सुधार परियोजनाअन्तर्गत भवन निर्माण गरिएको हो । नवनिर्मित भवन विद्यालयलाई हस्तान्तरण भइसकेको छ । भवन निर्माणमा ‘चाइल्ड फण्ड’ जापानले प्राविधिक सहयोग गरेको थियो ।

Logo