कांग्रेसको पदाधिकारी र पूर्वपदाधिकारीको बैठक आज बस्दै

कांग्रेसको पदाधिकारी र पूर्वपदाधिकारीको बैठक आज बस्दै

काठमाडौं एक्सप्रेस

काठमाडौं, – नेपाली कांग्रेसका पदाधिकारी र पूर्वपदाधिकारीको बैठक आज बस्दै छ । बैठक दिउँसो २ बजे देउवा निवास बुढानीलकण्ठमा बस्न लागेको हो ।

बैठकमा समसामयिक राजनीतिक परिस्थिति र २८ गतेदेखि सुरु हुने बजेट अधिवेशनका विषयमा छलफल गर्न बैठक बोलाइएको सभापति देउवाको सचिवालयले जनाएको छ ।

बजेट अधिवेशनमा कांग्रेसका सांसदहरुले उठाउने विषयबारे छलफल गर्न विहीबार संसदीय दलको बैठकसमेत बोलाइएको छ । संसदीय दलको बैठक विहीबार दिउँसो २ बजे बस्ने तय भएको छ ।

बर्खे अधिवेशन पनि भनिने बजेट अधिवेशनको पहिलो बैठक वैशाख २८ गते दिउँसो २ बजे संघीय संसद भवन नयाँबानेश्वरमा बस्दै छ ।

Logo