कोशीमा एमालेका राम राना र माओवादी केन्द्रका गणेश उप्रेती मन्त्री बन्दै

कोशीमा एमालेका राम राना र माओवादी केन्द्रका गणेश उप्रेती मन्त्री बन्दै

काठमाडौं एक्सप्रेस

विराटनगर, – नेकपा एमालेका राम राना र नेकपा माओवादी केन्द्रका गणेश उप्रेती कोशी सरकारमा पहिलो चरणमा मन्त्री बन्ने भएका छन् ।

एमाले संसदीय दलका नेता हिक्मतकुमार कार्की नेतृत्वको मन्त्रिपरिषदमा बिहीबार एमाले र माओवादी केन्द्रका एक एक जना मन्त्री सहभागी हुने माओवादी केन्द्रका एक नेताले जानकारी दिए ।

एमाले संसदीय दलका उपनेता राना यसअघि केदार कार्की नेतृत्वको सरकारमा मन्त्री बनेका थिए । तर त्यतिबेला कांग्रेस र माओवादी पनि मन्त्रिपरिषदमा सामेल भएपछि एमालेले सरकार छाडेको थियो ।

गणेश उप्रेती पनि केदार कार्की नेतृत्वको मन्त्रिपरिषदमा मन्त्री थिए । २६ चैतमा एमाले र माओवादीले केदार कार्कीलाई दिएको समर्थन फिर्ता लिएपछि उप्रेतीले राजीनामा दिएका थिए ।

Logo