राष्ट्रपतिको युरोप भ्रमण रद्द गर्दा ५५ लाख रुपैयाँ खर्च

राष्ट्रपतिको युरोप भ्रमण रद्द गर्दा ५५ लाख रुपैयाँ खर्च

काठमाडौं एक्सप्रेस

काठमाडौं, – जाजरकोटमा भूकम्प गएपछि १० दिने युरोप यात्रा रद्द गरेका राष्ट्रपति रामचन्द्र पौडेलको भ्रमण तयारी अन्तर्गत अग्रिम काटिएका टिकटको भुक्तानीमा ५५ लाख २२ हजार रुपैयाँ खर्च भएको छ ।

अर्थ मन्त्रालयका अनुसार राष्ट्रिपति पौडेलको फ्रान्स, इटाली र जर्मनी भ्रमणको पूर्वतयारी अन्तर्गत काटिएका टिकटको भुक्तानीमा सो रकम खर्च भएको हो ।

राष्ट्रपति पौडेल २२ कात्तिक २०८० देखि १० दिनका लागि युरोप भ्रमणमा निस्कने योजना थियो । तर, गत १७ कात्तिक राति जाजरकोटमा भूकम्प आएको थियो । भूकम्पमा परी १ सय ५३ जनाको मृत्यु भएको थियो ।

मुलुकमा असहज परिस्थति आएको भन्दै राष्ट्रपतिले भ्रमण रद्द गरेका थिए । तर, काटिसकेका टिकट रद्द गर्दा मुलुकले ५५ लाखभन्दा धेरै रकम गुमाउनुपरेको छ ।

Logo