लुभुमा क्षयरोगमुक्त नेपाल अभियान कार्यक्रम

लुभुमा क्षयरोगमुक्त नेपाल अभियान कार्यक्रम

काठमाडौं एक्सप्रेस

ललितपुर- महालक्ष्मी नगरपालिकामा क्षयरोगमुक्त नेपाल अभियान कार्यक्रम सुरु भएको छ ।

वडा नम्बर ८ लुभुमा बिहीबार आयोजित एक कार्यक्रमबीच नगर प्रमुख हरिगोविन्द श्रेष्ठले अभियानको शुभारम्भ गरे। तत्काल क्षयरोग न्यूनीकरण गर्दै नियन्त्रणसम्म गर्ने उद्देश्यले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले चार वर्षअघि २५ स्थानीय तहबाट पहिलो चरणको अभियान सुरु गरेको थियो।

दोस्रो चरणमा थप एक सय स्थानीय तहमा अभियान बिस्तार गरिएको छ । तीनै तहका सरकार र समुदायको साझेदारी तथा प्रत्यक्ष संलग्नतामा क्षयरोगमुक्त अभियान सञ्चालन भइरहेको महालक्ष्मी नगरपालिकाले जनाएको छ । जनसंख्याको चाप भएका बागमती, मधेस र लुम्बिनी प्रदेशमा सबैभन्दा धेरै क्षयरोगी पहिचान भएको छ ।

कुपोषण, धूम्रपान र मदिरा सेवन गर्ने व्यक्ति, सुगरका रोगी, तथा एचआइभी प्रभावित क्षयरोगको उच्च जोखिम वर्गमा रहेकाले अभियानले उनीहरूलाई समेत केन्द्रमा राखेर काम गर्नुपर्ने नगर प्रमुख श्रेष्ठले जानकारी दिए ।

कार्यक्रममा वडाध्यक्ष विश्वराज श्रेष्ठसहित जनप्रतिनिधिहरू, स्वास्थ्य प्रमुख हिमलाल ज्ञवाली, नागरिक समाज, शिक्षासेवी, निजामती, महिला स्वास्थ्य स्वयंसेवक लगायतको उपस्थिति थियो । कार्यक्रमको सञ्चालन जनस्वास्थ्य निरीक्षक भरत बोहराले गरेका थिए ।

गरिरहेको छ। सन् २०३५ सम्म क्षयरोग महामारीलाई नियन्त्रण गर्ने र सन् २०५० सम्म अन्त्य गर्ने विश्वव्यापी लक्ष्यलाई नेपालले आत्मसाथ गरेकाले क्षयरोगमुक्त अभियान चलाएको स्वास्थ्य सेवा विभागले जनाएको छ ।

Logo