कांग्रेस संसदीय दलको बैठक आज बस्दै

कांग्रेस संसदीय दलको बैठक आज बस्दै

काठमाडौं एक्सप्रेस

काठमाडौं, – नेपाली कांग्रेस संसदीय दलको बैठक आज बस्दै छ। बैठक अहिले बिहान ८ बजे संसद भवन नयाँ बानेश्वरको ल्होत्से हलमा बस्ने छ।

आजबाट सुरु हुन लागेको संसदको बर्खे अधिवेशनमा पार्टीले खेल्ने भूमिका लगायतका विषयमा छलफल गर्न कांग्रेस संसदीय दलको बैठक बस्न लागेको हो।

हिउँदे अधिवेशनमा सहकारीको रकम अपचलनमा मुछिएका उपप्रधान तथा गृहमन्त्री रवि लामिछाने उपर छानबिन गर्न संसदीय समिति गठनको माग उठाउँदै आएको कांग्रेसले आफ्ना मागलाई निरन्तरता दिने भएको छ।

यसअघि विहीबार बसेको कांग्रेस पदाधिकारी एवं पूर्वपदाधिकारीहरूको बैठकले सहकारीको रकम अपचलनका विषयमा उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेमाथि संसदीय छानबिन हुनुपर्ने मागबाट पछि नहट्ने निर्णय गरेको थियो।

Logo