न्यूरो कारडियो हस्पिटल र प्रभु बैंकबीच विशेष छुट सम्झौता

न्यूरो कारडियो हस्पिटल र प्रभु बैंकबीच विशेष छुट सम्झौता

काठमाडौं एक्सप्रेस

काठमाडौं, – प्रभु बैंक र बिराटनगर महानगरपालिका वडा नं. ८ मोरङ्गस्थित न्यूरो कारडियो एण्ड मल्टिस्पेसियालिटी हस्पिटलविच दुई पक्षीय समझदारी गरिएको छ । आईतबार एक समारोहकाबिच न्यूरो कारडियो एण्ड मल्टिस्पेसियालिटी हस्पिटल प्रा.लिका संचालन निर्देशक राजेश भट्टराई र प्रभु बैंक गोल्छा चोक, शाखाका प्रमूख प्रशान्त कुमार झाले समझदारी पत्रमा हस्ताक्षर गरेका हुन् ।

दुई पक्षीय समझदारीमा अन्तरङ्ग तथा बहिरङ्ग सेवामा ओपिडि टिकट बाहेक सिटिस्क्यान, न्यूरोसर्जरी, न्यूरोआईसियू, अर्थोप्याडिकसर्जरी, एमआरआई, प्रसुति तथा स्त्री रोग, क्याथ प्रयोगशाला, ल्याप्रोस्कोपिक सर्जरी, न्यूरो नेभिगेसन स्टेल्थ लगायतका स्वास्थ तथा अन्य सेवाहरुमा विशेष छुट प्रदान गरिने भएको छ ।

ग्राहकहरुले छुट सुविधा प्राप्त गर्नका लागि प्रभु बैंकको मान्य डेबिट कार्ड, क्रेडिट कार्ड तथा क्यूआर प्रणाली द्घारा न्यूरो कारडियो एण्ड मल्टिस्पेसियालिटी हस्पिटललाई भुक्तानी गर्नुपर्ने सझौतामा लेखिएको छ ।

नेपालको निजी क्षेत्रवाट सञ्चालित स्वास्थ्य सेवा प्रदायक सो हस्पिटलले निरन्तर स्तरिय न्यूरो कारडियो सम्बन्धित स्वास्थ्य उपचार सेवा प्रदान गर्दै आइरहेको छ । आकस्मिक उपचार देखि सघन उपचार लगायतका स्वास्थ सेवाहरु उपलब्ध गराउदै आईरहेको स्रोतले बताएको छ । स्वास्थ्यप्रति जागरुक नागरिकहरुकालागि विभिन्न स्वास्थ्य परिक्षणका प्याकेजहरु मार्फत नियमित स्वास्थ्य परिक्षण, परामर्श तथा उपचार सेवाहरुमा प्रभु बैंकले ग्राहक तथा शेयरहोल्डरलाई १० प्रतिशत र कर्मचारीहरुलाई १५ प्रतिशत सम्मको छुट व्यवस्था गरेको छ ।

त्यसैगरी, ग्राहकहरुको रोजाईको अग्रणि बैंकको रुपमा रहेको हालसालै “बैंक अफ द इयर २०२३” को उपाधिबाट सम्मानित प्रभु बैंकका नेपालभर ३०२ शाखा कार्यालयहरु, २८५ एटीएम साथै ७० एक्सटेन्सन काउन्टर मार्पmत करिब ३१ लाख भन्दा बढि ग्राहकहरुलाई ‘बिश्वास दिदै आएको छ ।

Logo