सुँगुरको मिर्गौला प्रत्यारोपण गराएका व्यक्तिको २ महिना पछि मृत्यु

सुँगुरको मिर्गौला प्रत्यारोपण गराएका व्यक्तिको २ महिना पछि मृत्यु

काठमाडौं एक्सप्रेस

काठमाडौं, – विश्वमै पहिलोपटक सुँगुरको मिर्गौला प्रत्यारोपण गराएका व्यक्तिको मृत्यु भएको छ। ६२ वर्षीय रिचर्ड रिक स्लेम्यानले सुँगुरको अनुवांशिक रुपले संशोधित मिर्गौला प्रत्यारोपण गरिएको २ महिना पछि मृत्यु भएको हो ।

अमेरिकाको म्यासाचुसेट्स जनरल अस्पतालका अनुसार रिचर्ड मिर्गौलाको अन्तिम चरणको रोगबाट ग्रसित थिए । अस्पतालले एक वक्तव्य जारी गर्दै रिचर्डको मृत्युको कारण मिर्गौला प्रत्यारोपणसँग सम्बन्धित नरहेको बताएको छ।

मिर्गौला बाहेक रिचर्ड टाइप–२ डायबिटीज र हाइपरटेन्शनबाट पनि पीडित थिए।

Logo