प्रतिपक्षीसँग तत्कालै सहमति गर्न प्रधानमन्त्रीलाई सभामुखको अपिल

प्रतिपक्षीसँग तत्कालै सहमति गर्न प्रधानमन्त्रीलाई सभामुखको अपिल

काठमाडौं एक्सप्रेस

काठमाडौं, – सभामुख देवराज घिमिरे र प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डबीच प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले गर्दै आइरहेको संसद अवरोधको विषयमा छलफल भएको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा भएको बैठकमा संसद अवरोधकै विषयमा छलफल भएको हो । सभामुखले संसदबाट विधेयकहरु पारित हुन नसकिरहेकाबेला भइरहेको निरन्तरको अवरोधले जनस्तरमा वितृष्णा फैलिएको बताए ।

संसद सुचारु भए केही विधेयक तत्कालै पारित गर्न सकिने अवस्थामा रहेको, केही विधेयकलाई समितिमा पठाउन सकिने जानकारी दिए । उनले राष्ट्रपतिलाई धन्यवाद प्रस्तावसमेत पारित नभएको सन्दर्भमा प्रतिपक्षीसँग तत्कालै सहमति गर्न अपिल गरे ।

बैठकमा प्रधानमन्त्री दाहालले आज सत्तापक्षका नेताहरुको बैठक बस्ने तयारी भएको जानकारी दिँदै भोलि बस्ने बैठक खुलाउने गरी निर्णयमा पुग्ने बताएका थिए । उनीहरुबीच करिव ४५ मिनेट छलफल भएको थियो ।

Logo