सत्तापक्षका नेताहरूसँग छलफल गर्दै प्रधानमन्त्री

सत्तापक्षका नेताहरूसँग छलफल गर्दै प्रधानमन्त्री

काठमाडौं एक्सप्रेस

काठमाडौं, – प्रधानमन्त्री पुष्पकमल दाहालले संसद अवरोध हटाउने विषयमा सत्तापक्षका नेताहरूसँग छलफल गर्न लागेका छन् । भोलिका लागि बोलाइएको संसद बैठक खुलाउने गरी निर्णय गर्न उनले सत्तापक्षका नेताहरूसँग छलफल गर्न लागेका हुन् ।

बैठक प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बस्ने बताइएको छ । आज बिहान प्रधानमन्त्री दाहाल सभामुख देवराज घिमिरेबीच करिब ४५ मिनेट भएको छलफलमा संसद अवरोधकै विषयमा कुराकानी भएको थियो ।

सभामुखले संसदबाट विधेयकहरु पारित हुन नसकिरहेकाबेला भइरहेको निरन्तरको अवरोधले जनस्तरमा वितृष्णा फैलिएको बताए ।

संसद सुचारु भए केही विधेयक तत्कालै पारित गर्न सकिने अवस्थामा रहेको, केही विधेयकलाई समितिमा पठाउन सकिने उनले प्रधामन्त्रीलाई जानकारी दिएका थिए ।

उनले राष्ट्रपतिलाई धन्यवाद प्रस्तावसमेत पारित नभएको सन्दर्भमा प्रतिपक्षीसँग तत्कालै सहमति गर्न अपिल गरे ।

Logo