ओलीको कांग्रेस लक्षित टिप्पणी : भ्रष्टाचारीहरु संसदमा नारा लगाइराख्या छन

ओलीको कांग्रेस लक्षित टिप्पणी : भ्रष्टाचारीहरु संसदमा नारा लगाइराख्या छन

काठमाडौं एक्सप्रेस

काठमाडौं, – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले कांग्रेसका सांसद टेकबहादुर गुरुङको संसद प्रवेशलाई लिएर प्रश्न उठाएका छन् । बुधबार पार्टीको संसदीय दलको बैठकलाई सम्बोधन गर्दै ओलीले भ्रष्टाचार मुद्दामा दोषी ठहर भएका व्यक्तिले संसदमा नारा लगाइरहेको टिप्पणी गरे ।

‘‘भ्रष्टाचारी ठहर भएकाहरुले नारा लगाइराख्या छ । नेपाली कांग्रेसलाई सरम हुँदैन ? भ्रष्टाचार ठहर गरेको, आफ्नो भएपनि सांसदलाई बाहिर निकाल्नुपर्दैन ?’ ओलीले भने, ‘नियम कानुन कांग्रेसले बुझ्या छैन ? पढ्या छैन ?’

काठमाडौंस्थित भृकुटीमण्डपको जग्गा भाडा प्रकरणमा भ्रष्टाचार गरेको आरोपमा विशेष अदालतले गुरुङलाई दोषी ठहर गर्दै जरिवाना गरेको थियो । गत चुनावमा मनाङबाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित गुरुङ भ्रष्टाचार मुद्दा विचाराधीन रहेकाले १२ पुस २०७९ मा निलम्बनमा परेका थिए ।

उक्त मुद्दामा विशेष अदालतले उनलाई १ करोड २१ लाख रुपैयाँ जरिवाना गरेको थियो । फैसलापछि गुरुङले आफ्नो निलम्बनविरुद्ध सर्वोच्च अदालतमा रिट दायर गरेका थिए । १६ चैत २०८० मा न्यायाधीशद्वय डा.मनोजकुमार शर्मा र विनोद शर्माको संयुक्त इजलसले सांसद गुरुङको निलम्बन फुकुवा गरिदिएको हो ।

सर्वोच्च अदालतको आदेशका आधारमा संघीय संसद सचिवालयले सांसद गुरुङको निलम्बन १२ वैशाख २०८१ मा फुकुवा गरेको थियो । सांसद गुरुङ २८ वैशाख २०८१ देखि सुरु भएको संसदीय संसदको बर्षे अधिवेशन अन्तर्गत प्रतिनिधि सभाको बैठकमा सहभागी हुँदै आएका छन् ।

सांसद गुरुङलाई संसदमा बस्न नदिएर कांग्रेसले नै निकाल्नुपर्ने एमाले अध्यक्ष ओलीको तर्क छ । अध्यक्ष ओलीले दोहो¥याएका छन्, ‘प्रमाणित भ्रष्टाचारीलाई (संसदमा) ल्याएर ‘. अरु धेरै कुरा म भन्न चाहन्न, कांग्रेसका धेरै मान्छेका जन्मकुण्डली हामीलाई थाहा छ, यति भन्छु ।’

Logo