काठमाडौं, – प्रधानमन्त्री पुष्पकमल दाहालले चौथो पटक पनि विश्वासको मत पाउनेमा आफू ढुक्क रहेको बताएका छन् ।
शनिबार पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा आयोजित कार्यक्रममा बोल्दै प्रधानमन्त्री दाहालले जेठ ७ गते विश्वासको मत लिन लागेको र विश्वास मत पाउनेमा ढुक्क रहेको बताएका हुन् ।
‘मैले जति पटक लिनुपरे पनि विश्वासको मत प्राप्त हुन्छ भन्ने कुरामा म विश्वस्त छु । धेरै टेन्सन लिनुपर्दैन । कहिले अलि बढ्छ, कहिले अलि घट्छ, घटबढ त भइराख्छ, तर विश्वासको मत प्राप्त हुन्छ,’ प्रधानमन्त्रीले भने ।
‘एक पटक त झन्डै शतप्रतिशत विश्वासको मत प्राप्त भयो र यो पटक पनि विश्वासको मत प्राप्त हुन्छ। म कुनै टेन्सनमा छैन, तपाईंहरु दुबिधामा नपर्नुस्,’ उनले भने ।
यस्तै, उनले पार्टीका नेताहरूलाई पनि दुबिधामा नपर्न आग्रह गरे ।
प्रतिक्रिया