‘पत्रकार महासङ्घको निर्वाचन तोकिएकै मितिमा हुन्छ’

‘पत्रकार महासङ्घको निर्वाचन तोकिएकै मितिमा हुन्छ’

काठमाडौं एक्सप्रेस

काठमाडौँ, – नेपाल पत्रकार महासङ्घका अध्यक्ष विपुल पोखरेलले महासङ्घको निर्वाचन तोकिएको मितिमा हुने बताएका छन् ।

महासङ्घको प्रतिष्ठान प्रदेश कमिटीको चौथो साधारणसभा तथा पत्रकारिताको सामयिक विमर्श विषयमा आज आयोजित कार्यक्रममा अध्यक्ष पोखरेलले महासङ्घको निर्वाचन यही जेठ २६ गते नै हुने बताएका छन् । निर्वाचन सर्छ भन्ने आशङ्का नराख्न आग्रह गर्दै उनले निर्वाचन समिति गठन गरी समितिले कार्य प्रारम्भ गरिसकेको जानकारी दिए ।

महासङ्घको गत वैशाख २१ र २२ गते काठमाडौँमा सम्पन्न २७औँ राष्ट्रिय महाधिवेशनले केन्द्र, प्रदेश र जिल्लामा नयाँ नेतृत्वका लागि मिति निर्धारण गरेको थियो । सदस्यता शुद्धीकरणले अन्तिम रुप नलिइसकेकाले समयमा निर्वाचन हुन नसक्ने आशङ्का गरिएको थियो ।

कार्यक्रममा महासङ्घका पूर्वसभापति तथा वक्ताहरुले पत्रकारिता क्षेत्रलाई व्यावसायिक, स्वतन्त्र र जिम्मेवार बनाउन नयाँ पुस्ता लाग्नुपर्नेमा जोड दिएका थिए । उनले महासङ्घमा दलीय निकटताका आधारमा भागबण्डा खोज्ने प्रवृत्ति गलत भएको पनि बताए ।

पूर्वसभापति हरिहर विरही, विष्णु निष्ठुरी, डा सुरेश आचार्य, डा महेन्द्र विष्ट, वर्तमान सल्लाहकार निर्मला शर्मालगायतले महासङ्घलाई साझा र व्यावसायिक पत्रकारको छाता संस्थाकारुपमा कायम राख्न आग्रह गरेका थिए ।

साधारणसभाबाट साङ्गठनिक र आर्थिक प्रतिवेदनका साथै पत्रकारितालाई शुद्धीकरण गर्नेलगायत विभिन्न घोषणापत्र पारित गरेको छ । सो प्रदेश कमिटीको अधिवेशनको उद्घाटन प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले गरेका थिए ।

Logo