संसदीय छानबिन समितिको कार्यादेश बनाउन बैठक सुरु

संसदीय छानबिन समितिको कार्यादेश बनाउन बैठक सुरु

काठमाडौं एक्सप्रेस

काठमाडौं, – सहकारी प्रकरणसम्बन्धी संसदीय छानबिन समितिको कार्यादेश बनाउन कार्यदलको बैठक सुरु भएको छ । कानून, न्याय तथा संसदीय मामिला मन्त्रालयमा बैठक सुरु भएको हो ।

कानूनमन्त्री पदम गिरीको संयोजकत्वमा गठित कार्यदलमा एमालेका महेश बर्तौला, कांग्रेसका जीवन परियार र रास्वपाका शिशिर खनाल रहेका छन् । उक्त कार्यदलले आज कार्यदेश बनाउनेछ ।

Logo