जेठ १३ देखि महालक्ष्मी नगरपालिकामा पोलियोविरुद्धको खोप लगाइँदै

जेठ १३ देखि महालक्ष्मी नगरपालिकामा पोलियोविरुद्धको खोप लगाइँदै

काठमाडौं एक्सप्रेस

ललितपुर- ललितपुरको महालक्ष्मी नगरपालिकामा जेठ १३ गतेदेखि विद्यालयका बालबालिकालाई पोलियोविरुद्धको आई.पी.भी. खोप लगाइने भएको छ । सोमाबार नगरपालिकाको सभाहलमा सो खोप अभियानका लागि अभिमुखीकरण गरिएको थियो ।

नगर प्रमुख हरिगाविन्द श्रेष्ठको अध्यक्षतामा स्थानीय तह खोप समन्वय समिति तथा खोप दिने स्वास्थ्यकर्मीहरुका लागि एक दिने अभिमुखीकरण कार्यक्रम गरिएको नगरपालिका स्वास्थ्य शाखाले जनाएको छ ।

आई.पी.भी खोप अभियान महालक्ष्मी नगरपालिकाका दस वटै वडामा एकसाथ सञ्चालन गरिने छ । सो अभियानमार्फत करिब ७ हजार बालबालिकालाई पोलियोविरुद्धको खोप लगाइने नगरपालिका स्वास्थ्य शाखा प्रमुख हिमलाल ज्ञवालीले जनकारी दिए ।

खोप २०७३ देखि २०७५ सम्म जन्मिएका र उक्त अवधिमा नियमित पोलियो खोप लगाउन छुटेका बालबालिकालाई यो खोप लगाउने तयारी गरिएको हो ।

२०७३ जेठदेखि २०७५ असोजसम्म संसारभर आई.पी.भी खोपको अभाव भएको थियो । खोप अभाव भएपछि बालबालिकाहरु सो खोप लगाउनबाट बन्चित भएका थिए ।

जिल्ला जनस्वास्थ्य कार्यालय ललितपुरका खोप अधिकृत राजाराम कार्कीले सो खोप अभियानले नेपालमा पोलियो रोग २०२६ सम्म उन्मुलन गर्ने सरकारको लक्ष्य रहेको बताए । उनले भने, सबैभन्दा बढी ५ वर्षसम्मका बालबालिका पोलियो भाइरसबाट संक्रमित हुन सक्ने भएकाले अनिवार्य रुपमा पोलियोविरुद्धको खोप लगाउनुपर्छ ।ु

नगरपालिका स्वास्थ्य शाखा प्रमुख ज्ञवालीले जेठ १३ गतेबाट नगरपालिकाका सबै विद्यालयमा सो खोप अभियान सुरु हुने जानकारी दिएका छन् । खोप अभियान एकैसाथ सबै विद्यालयबाट सुरु गरिनेछ भने त्यको अन्त्य वडामा रहेका विभिन्न स्वास्थ्यसंस्थाबाट गरिने उनले बताए । अभियान सबै बालबालिकालाई खोप लगाईनसकेसम्म चलिरहने छ, उनले भने, विद्यालयका सबै बालबालिकालाई खोप लगाई सकेपछि छुटफुट भएकाहरुलार्य अन्तीम दिन स्वास्थ्य संस्थाबाट पनि लगाइने छ ।

कार्यक्रममा नगर उपप्रमुख लक्ष्मी महर्जन, शिक्षा निर्देशक चिरञ्जीवी पौडेल, प्रशासन प्रमुख ईन्द्र प्रसाद अधिकारी, वडा अध्यक्ष, कार्यापालिकाका सदस्य, स्वास्थ्यकर्मी लगायतको उपस्थिति रहेको थियो ।

अभिमुखीकरण कार्यक्रममा खोप अधिकृत कार्कीको प्रस्तुति रहेको थियो भने कार्यक्रमको सञ्चालन जनस्वास्थ्य अधिकृत भरत बोहोराले गरेका थिए ।

Logo