जसपा पार्टी छाडेका ७ सांसदविरुद्ध दिएको रिटमाथि आज सुनुवाई

जसपा पार्टी छाडेका ७ सांसदविरुद्ध दिएको रिटमाथि आज सुनुवाई

काठमाडौं एक्सप्रेस

काठमाडौं, – ७ जना सांसदलाई संसदीय गतिविधिमा रोक लगाउन जनता समाजवादी पार्टी, नेपालले दिएको रिटमाथि आज सुनुवाइ हुने भएको छ ।

यसअघि सोमवार सर्वोच्च अदालतका न्यायाधीश प्रकाशकुमार ढुङ्गानाको इजलासमा पेशी तोकिए पनि हेर्न नभ्याइनेमा राखेपछि सुनुवाइ हुन सकेको थिएन ।

पार्टी अध्यक्ष उपेन्द्र यादवले प्रधानमन्त्री पुष्पकमल दाहालले सोमवार विश्वासको मत लिन लागेको र त्यसमा पार्टी विभाजनमा संलग्न रहेको अशोक राईसहित ७ जनालाई सहभागी गराउन रोक्न माग गर्दै रिट दायर गरेका थिए ।

यादवले उनीहरूलाई रोक्न सभामुखलाई पनि पत्र पठाएका थिए । तर, सभामुखले त्यसलाई बेवास्ता गर्दै विश्वासको मत दिने प्रक्रियामा सहभागी गराएका थिए ।

Logo