संसदको गतिरोध अन्त्यका लागि एसले प्रतिपक्षी र सत्तापक्षसँग छलफल गर्ने

संसदको गतिरोध अन्त्यका लागि एसले प्रतिपक्षी र सत्तापक्षसँग छलफल गर्ने

काठमाडौं एक्सप्रेस

काठमाडौं, – नेकपा एकीकृत समाजवादीले संसदमा देखिएको गतिरोध अन्त्यका लागि प्रतिपक्षी र सत्तापक्षीका दलसँग छलफल गर्ने निर्णय गरेको छ ।

बहीबार बसेको पार्टीको सचिवालय बैठकले गतिरोध अन्त्यका लागि नेपाली कांग्रेस, प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र गृहमन्त्री रवि लामिछाने लगायतसँग छलफल गर्ने निर्णय गरेको एक नेताले बताए ।

सहकारीको रकम अपचलनका विषयमा गृहमन्त्री रवि लामिछानेविरुद्ध संसदीय छानबिन गर्नुपर्ने माग गर्दै नेपाली कांग्रेसले संसद अवरोध गर्दै आएको छ । कांग्रेसको विरोधका कारण संसद सहजरुपमा सञ्चालन हुनपाएको छैन् ।

एकीकृत समाजवादीले १० औं महाधिवेशनका लागि तयार गरिएको पार्टीको दस्तावेज जिल्लास्तरमा पठाउने निर्णय पनि गरेको छ । अर्को सचिवालय बैठक अब १४ जेठमा बस्नेछ ।

Logo