संसदीय छानबिन समितिको कार्यादेशमा सहमति नजिक

संसदीय छानबिन समितिको कार्यादेशमा सहमति नजिक

काठमाडौं एक्सप्रेस

काठमाडौं, – सहकारीको रकम अपचलनबारे संसदीय छानबिन समिति गठन गर्ने विषयमा सत्तारुढ दल र प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसबीचको छलफल सकारात्मक भएको कार्यदलका सदस्यहरुले बताएका छन् ।

संसदीय छानबिन समितिको कार्यादेश (टीओआर) टुंगो लगाउन गठित कार्यदलका संयोजक कानुन, न्याय तथा संसदीय मामिलामन्त्री पदम गिरीका अनुसार कार्यदलले कार्यादेशबारे लगभग टुंगो लगाएको छ ।

यसलाई शनिबार नै बालुवाटारमा बस्ने शीर्ष नेताको बैठकले अन्तिम रुप दिने उनले जानकारी दिए ।

Logo