शीर्ष नेताको बैठकमा जानुअघि कांग्रेसका नेताहरुसँग छलफलमा देउवा

शीर्ष नेताको बैठकमा जानुअघि कांग्रेसका नेताहरुसँग छलफलमा देउवा

काठमाडौं एक्सप्रेस

काठमाडौं, – प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले डाकेको शीर्ष नेताको बैठकमा जानुअघि नेपाली कांग्रेस सभापति शेरबहादुर देउवाले पार्टी नेताहरुसँग छलफल थालेका छन् । बैठक उनकै निजी निवासमा जारी छ ।

बैठकमा पूर्णबहादुर खड्का, गगन थापा, कृष्णप्रसाद सिटौला, रमेश लेखक, कार्यदलमा रहेका जीवन परियार र ज्ञानेन्द्रबहादुर कार्की सहभागी छन् । बैठकमा समसामयिक राजनीतिक घटनाबारे छलफल हुने बताइएको छ ।

नेपाली कांग्रेसले सहकारी ठगीविरोधमा आजै काठमाडौं उपत्यकाव्यापी विरोध प्रदर्शन गर्दैछ ।

आज प्रतिनिधि सभाको बैठक बस्दैछ । आगामी वर्षका लागि ल्याइएको नीति तथा कार्यक्रम पास गर्ने सम्भावित कार्यसूची छ । गृहमन्त्रीसमेत जोडिएको सहकारी ठगी प्रकरणमा छानबिन गर्न माग गर्दै संसद अवरुद्ध गर्दै आएको छ । आजको बैठकमा पनि कांग्रेसले अवरोध जारी राखे विरोधकै बीच नीति तथा कार्यक्रम पास गर्ने सरकारको तयारी छ ।

Logo