सिंहदरबारले नदेखेको विच्छ्याँको व्यथा

सिंहदरबारले नदेखेको विच्छ्याँको व्यथा


काठमाडौँ – देशमा संघीयता लागु भएपछि सबैतिर एउटै खबर पुग्यो, “गाउँ गाउँमा सिंहदरबार ।” तर संघीयता लागु भएको वर्षौ बितिसक्दा पनि बाजुराको विच्छ्याँ गाउँको व्यथा फेरिएको छैन ।

धेरैलाई विच्छ्याँबारे थाहा नहुन सक्छ । हिमाली गाउँपालिकाभित्र पर्छ, विच्छ्याँ । भौगोलिक हिसाबले विकट छ । साविकको विच्छ्याँ गाविस हाल हिमाली गाउँपालिकाको तीन वडामा विभाजित छ । विच्छ्या बाजुरा सदरमुकामबाट मत्र टाढा छैन, राज्यको नजरबाट पनि कैयौं गुणा टाढै छ ।

विच्छ्याँ जिल्लाकै सबैभन्दा उच्च र दुर्गम बस्तीको रुपमा परिचित छ । राज्यको विकासबाट पछाडि परेको गाउँ भनेर चिनिने त भयो नै । तर गाउँप्रति नेताहरुले गरेको व्यवहारले झन् दुःखलाग्दो छ ।

विच्छ्याँमा अहिलेसम्म सडक सञ्जालले जोडिएको छैन् । स्थानीय सरकार गठन भएको करिब आठ वर्ष भइसक्दा पनि विच्छ्याँमा सडक सञ्जालमा जोडिन नसक्नु अर्को विडम्बना हो ।

गाउँपालिकाको प्रशासकीय केन्द्र धुलाचौरसम्म विच्छ्याँबासी आइपुग्न एकदिन पैदल यात्रा गर्नुपर्ने बाध्यता छ । यति मात्र नभइ सरसमान, किनमेल गर्ने ठाउँसम्म पुग्न कम्तीमा पाँच÷छ घण्टा पैदल हिँड्नुपर्छ ।

विच्छ्याँका नागरिक घन्टौ पैदल यात्राबाट गाउँपालिकासम्म धाउनुपर्ने बाध्यता छ,’स्थानीय भन्छन्, बालबच्चाका जन्म दर्ता योजना सम्झौता गर्नसमेत गाउँपालिकामै नै आउनुपर्छ । विच्छ्यामा गाडी नपुग्दा घन्टौँ पैदल यात्रा गर्नुपर्ने बाध्यता छ ।’ त्याहाँ यात्रा गर्न मात्र होईन गाउँको सिँहदरबार पनि त्यतिनै टाढा छ । गाउँपालिकाको कार्यालय टाढाँ हुदाँ विच्छ्याका जनतालाई त्यति सहज भने छैन ।

बाजुराबाट कतिपय नेताहरुले चुनाव जितेर संसद पुगेपछि विच्छ्याँलाई विर्षिने गछर्न । चुनावका बेला जनतालाई आश्वासन दिएका नेताहरु अहिले सत्ता जोगाउन र मन्त्री बन्न संसदमा नाराबाजी र एक आपसमा भिड्नै ठिक्क छन् ।

अझैपनि टेलिफोनले राम्रोसँग काम गर्दैन, सामान्य चोटपटक लागेपनि उपचार गर्न पूरै एक दिन हिँडेर मात्र स्वास्थ्य चौकी पुगिन्छ  । हालसम्म यातायतको नाममा भेडाबाख्रा र खच्चर हुँन् । त्यो ठाउँ सडकसँग नजोडिदाँ अरु विकासका कामहरुपनि त्यतिकै प्रभावित छन् । गाडी सडक नपुग्दाँ विकासले राम्रो फड्को मार्नसकिरहेको छैन् ।

गाउँपालिकासँग सडक सञ्जाल जोडिँएको भएपनि खाद्यान्न र दैनिक उपभोकका सरसमान ढुवानी गर्न सहज हुने स्थानीय दानसिँह रोकायाको भनाई छ । खाद्यान्न ढुवानी गर्न अहिलेसम्म भेडाबाख्रा र खच्चरकै भरपर्नुपर्ने उनले बताए । वर्खाको समयमा ती पनि हुँदैनन्, उनले भने, तीनलार्य पालनपोषणको लागि लेखतीर लैजान्छन् । वर्षातमा त झन बाटो भत्किने, खोलाहरुमा बाढी आउँनेजस्ता समस्यले यात्रामा झन सकस हुने अर्का स्थानीय ध्यानबहादुर रोकायाको भनाई छ । सडक सञ्जाल जोडिदा प्रत्येक वडाका जनताको दैनिकिनै फेरिने थियो  ।

मानव विकास सूचकांकमा पछाडी रहेको बाजुरा जिल्ला । जिल्लाको पनि विकासले पछाडी परेको विच्छ्याँ भौगोलिक विकटता र दुर्गमले गाँजेको र राज्यको नीतीबाट पछाडी परेको छ ।

चुनावमा उठेका कतिपय“उम्मेदवारहरूले चिल्ला भाषण र झटा आश्वासन दिनाले त्याहाँ विकासले भट्को नमार्नु हो । चुनाव जित्दा वा हर्दा बोलेको बाचाहरु विर्सने नेताको सस्कार हो ।

हुम्लाको ताँजाकोट गाउँपालिकासम्म सडक पुगेको छ । त्यहाँ पुग्नपनि घण्टौ पैदल यात्रा गर्नुपर्नेघ तीन नम्बरका वडाध्याक्ष मंगल बुढाले बताए । विच्छ्याँका अधिकांस स्थानीय सरसमान किनमेल गर्न हुम्लाहुँदै जान्छन्,उनले भने, त्यहिँ पनि महंगो भाडा तिर्नुपर्छ । बजारबाट एक घण्टा गाडीमा यात्रा गर्दा एक जार भाडा लिने गरेको उनको भनाई छ । त्यस्तै हो भने त्यहाँका जनताको जिवनस्तर कसरी चल्छ ? उनले भने, विच्छ्याँमा पनि केन्द्र सरकारको ध्यान पुगोस ।

उनले फेरी थपे सडक नबन्दा वडामा कर्मचारीहरु पनि आउँन मान्दैन्, उनले भने, राज्यले सबै सेवा वडा कार्यालयबाटै दिएको छ । त्यो ठाउँ सडकबाट मात्र होईन वडाका सबै सवाबाटपनि त्यतिकै टाढिदै आएको वडाध्यक्ष बुढाले बताए ।

सरकारले वडा कार्यालयबाट ३७ वटा सेवा दिने व्यवस्था गरेको छ । सडकको पहुँच नहुँदा र कर्मचारीको अभावले विच्छ्याँका नागरिकहरुले ती सेवा वडाबाट पाउन सकेका छनैन् ।, ती सबै सेवा लिन एक दिन पैदल यात्रा गरेर गाउँपालिकासम्म पुग्न बाध्यता छ ।

त्यस्तै वडा नम्बर १ का वडाध्याक्ष जोखबहादुर भण्डारी भन्छन्, सडक नहँदा बैकको पहुँज छैन, १६ सय पोषण भत्ता बुझ्न जाँदा नागरिकलाई दुइ हजार खर्च गर्नुपर्ने बाध्यता छ । सडकको पहुँज भएको भए नागरिकले भत्ता घरमै बझन सक्थे, उनले भने, कयौँ पटक कोसिस गर्दापनि सम्भव भएन ।

विच्छ्याँ सडकसँग जोडिएको भए जनताले यतिँ धेरै दुख भोग्नु पर्नेथिएन । भूगोलीक विकट र सडक सञ्जालबाट टाढा विच्छ्याँमा कर्मचारीहरु त्यतिँ आउन मान्दैनन्, उनले भने, आएका पनि, छिट्टै सरुवा भएर जान्छन् । यसले गर्दा वर्षाको समयमा स्थानीयहरुले प्रत्येक वर्ष समस्या झेल्नु परेको वडाध्याक्ष भण्डारीले बताए । यस वर्षको वर्षामा समेत यात्रामा पनि त्यतिकै समस्य छ । उनले भने ।

त्यति मात्र होईन राज्यको चौथो अंग मानिने मिडियाको पहुजबाट पनि टाढै छ । सरकारले वर्षेनी नीति तथा कार्यक्रम ल्याउछ, बजेट ल्याउँछ, त्यसमा विच्छ्याँ कहिँलै अटाउँदैन ।

त्याहाँको सडक विस्तारका लागि आर्थिक वर्ष ०८१/८२ मा गाउँपालिकाबाट बजेट विनियोजन गर्ने हिमाली गाउँपालिका अध्यक्ष गोविन्द्र मल्लले बताए । त्यसको लागि जिल्लाको इन्जीनियरको टोली र गाउँपालिकाको टोलिले निरिक्षण गरिसकेको दाबी गरे । उनले यो वर्ष बजेटको पहिलो प्राथमिकताम विच्छ्याको सडक रहने बताए ।

अध्यक्ष मल्लले सत वर्ष अघाडीको चुनावी बाचालार्य यहिँ कार्यकालमै पुरा गर्ने बताए । पहिलै कार्यकालमै विच्छ्यामा गाडी     पु-याउने सोच हो, सकिएन, उनले भने, गाउँपालिको बजेटले पनि भ्याएन ।

विच्छ्याँमा सडक पु¥उन छिमेकि पालिका ताँजाकोट गाउँपालिकासंग सहमति भयो, अध्यक्ष मल्लले भने, फरक जिल्ला भएकोले हिमाली गाउँपालिकाले आफैले टेण्डर नपाईने भएपछि त्यो बजेट फिर्ता भयो ।

आशा छ आउँदो वर्ष सो सडकका लागि संघ र प्रदेशबाट पनि बजेट आउँछ भन्ने छ । केन्द, प्रदेश र स्थानीय तहको बजेटले विच्छ्यामा गाडी पुक्ने सपना पुरा हुने छ ।

Logo