पूर्व राष्ट्रपति ट्रम्प ३४ आरोपहरुमा दोषी ठहर

पूर्व राष्ट्रपति ट्रम्प ३४ आरोपहरुमा दोषी ठहर

काठमाडौं एक्सप्रेस

काठमाडौं । न्यूयोर्कको १२ सदस्यीय जुरीले अमेरिकी पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पमाथि लागेका सबै ३४ आरोपहरुमा दोषी ठह-याएको छ । दुई दिनसम्म चलेको सुनुवाइ पछि जुरीले ट्रम्पलाई दोषी ठह¥याएको सीएनएनले जनाएको छ ।

अमेरिकाको इतिहासमा पहिलोपटक पूर्वराष्ट्रपति ट्रम्पविरुद्ध आपराधिक अभियोग दर्ज भएको थियो । सन् २०१६ मा भएको राष्ट्रपति निर्वाचन अघि पोर्नस्टार स्टोर्मी डेनियल्ससँग यौन सम्बन्ध राखेको र उनलाई चुप लगाउन अनधिकृत रुपमा रकम दिएको आरोप ट्रम्पमाथि थियो । यसैगरी ट्रम्पले आफ्नो कारोबारको रकेर्डका कागजात हेरेफेर गरेको, राष्ट्रपति निर्वाचनको मत परिणाम प्रभावित पार्न संसद भवनमा तोडफोड गरेको लगायतका आरोपहरु पनि थिए । सबै ३४ आरोपमा जुरीले ट्रम्पलाई दोषी ठह-याएको हो ।

अब न्यायाधीश जुआन मर्चेनले ११ जुलाईमा ट्रम्पमाथि सजायँ सुनाउने छन् ।

ट्रम्पले भने आफूमाथि लागेका आरोप अस्वीकार गर्दै आएका छन् । कोर्ट रुमबाट बाहिरिँदै ट्रम्पले आफूले कुनै गलत काम नगरेको र निर्दोष रहेको जिकीर गरेका थिए । उनले आफू अन्तिमसम्म लड्ने र जित्ने दाबीसमेत गरे ।

१५ जुलाईमा रिपब्लिकन पार्टीको राष्ट्रिय महाधिवेशन सुरु हुँदैछ । त्यसले औपचारिक रुपमा पार्टीको तर्फबाट राष्ट्रपति पदको उम्मेदवारको रुपमा ट्रम्पको नाम घोषणा गर्ने तयारी छ ।

Logo