काठमाडौं, – राष्ट्रिय दलित पत्रकार सङ्घ, नेपालले पाँचौँ स्थापना दिवसका मनाएको छ । दलित पत्रकार सङ्घले चौँथो वर्ष पुरागरी आज पाँचौँ वर्षमा प्रवेश गरेको अवसरमा ‘आमसञ्चार माध्यम र समावेशीकरण’ विषयक अन्तरक्रियामा आयोजना गरेको हो ।
सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले साे कार्यक्रमको उद्घाटन गरेकि थिईन् । कार्यक्रमा प्रविधिमन्त्री शर्माले अब बन्ने सञ्चारसम्बन्धी कानुनलाई समावेशी बनाउनका लागि सक्दो पहल गर्ने प्रतिबद्धता व्यक्त गरेकि छन् ।
उनले अब बन्ने सञ्चारसम्बन्धी कानुन, मिडिया काउन्सिलसम्बधी कानुन र सामाजिक सञ्चाल नियमन गर्न बन्ने कानुनलगायत सञ्चारसम्बन्धी सबै कानुनलाई हरेक तबरबाट समावेशी बनाउने प्रतिबद्धता व्यक्त गरेका हुन् ।
“यहाँहरुले भन्नुभयो कि सञ्चारमा दलितको सहभागिता कम भयो, तर सञ्चारसम्बन्धी धेरै पुराना कानुन छन्, चलचित्र ऐन २०२६ सालको छ, अब त्यति बेला समावेशिताको कल्पना पनि गरिएको थिएन, त्यसलाई नयाँ कानुन बनाएर समावेशी बनाउनुपर्ने छ”, मन्त्री शर्माले भनिन् ।
आमसञ्चारसम्बन्धी ऐन अहिले छलफलमै क्रममा रहेकाले सुझावका लागि उनले आग्रह गरिन् । “तपाईं हामी एकातिर अभिव्यक्ति स्वतन्त्रताको निम्ति लडिरहेका छौँ भने अर्कोतिर त्यसभित्रको समावेशिताको निम्ति लडिरहेका छौँ, सङ्घीय लोकतान्त्रिक गणतन्त्र र समावेशीता यत्तिकै आएको होइन, यो प्राप्तिको निम्ति सबैको उत्तिकै भूमिका रहेको छ”, उनले भनिन् ।
संविधानसभा सदस्यद्वय विनोद पहाडी, कमला विश्वकर्मा, आदिवादी जनजाति महासङ्घका अध्यक्ष गजुरधन राई र सञ्चारिका समूहका अध्यक्ष विमला तुम्खेवालगायतले आमसञ्चार माध्यमलाई विषयवस्तु र सहभागिताको हिसावले पूर्ण समावेशी बनाउनुपर्नेमा जोड दिएका छन् ।
सो अवसरमा पत्रकारहरु बाबुराम विश्वकर्मा, राजकरण महतो र शोभा विश्वकर्मालाई सम्मान गरिएको थियो ।
प्रतिक्रिया